५० वर्ष अधि अध्यक्ष माओको निधन भएको आजको दिन

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ २४ ०८:३० बजे
अध्यक्ष माओ

काठमाण्डौ।   चिनियाँ कम्युनिष्ट क्रान्तिका चर्चित नेता तथा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङको आजभन्दा ५० वर्षअघि ९ सेप्टेम्बर १९७६ मा राजधानी बेइजिङमा निधन भएको थियो । 

उनको निधनको पाँच दशक पुगेको क्षणमा ‘अध्यक्ष माओ’को जीवन र राजनीतिक यात्रालाई चीनलगायत विभिन्न मुलुक र क्षेत्रमा उनका ऐतिहासिक तस्बिरमार्फत् पुनःस्मरण गरिएको छ । 

अध्यक्ष माओ चीनको आधुनिक इतिहासका सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्व हुन् । सन् १९४९ मा जनगणतन्त्र चीन स्थापना भएपछि उनको नेतृत्वमा चीनमा व्यापक राजनीतिक तथा सामाजिक परिवर्तन भए ।

सन् १९७६ मा ८२ वर्षको उमेरमा निधन भएका माओको राजनीतिक विरासतबारे चीनभित्र र बाहिर आज पनि उत्तिकै बहस हुने गरेको छ । चीनमा आधुनिक चीन निर्माणमा उनको निर्णायक भूमिकालाई सबैले सम्मानका साथ स्मरण गर्छन् । उनका अनुयायी विश्वका विभिन्न मुलुकमासमेत करोडौं  रहेकाछन् ।



२०८३ भदौ २४ ०८:३० बजे

प्रतिक्रिया