११ दिनपछि दुईजनाको जिउँदै उद्धार

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ २० १५:२२ बजे

काठमाण्डौ।रसुवास्थित अपर त्रिशुली–१ को सुरुङबाट एक जना चिनियाँ नागरिकको केही बेरअघिउद्धार गरिएको छ । भोटेकोशीमा प्रलयकारी बाढी गएको ११ औं दिन चिनियाँ नागरिक लु हाइताओलाई सुरुङको २२५ मिटर भित्रबाट उद्धार गरिएको हो ।

त्यस्तै रसुवा र नुवाकोटको सीमावर्ती बजार बेत्रावतीको एउटा घरको भग्नावेशबाट एक महिला चण्डिका श्रेष्ठको जिउँदै उद्धार गरिएको छ । उनीहरु दुबै जनालाई थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइँदै छ ।

हिजो त्रिशुली ३ ए जलविद्युत आयोजनाबाट उद्धार गरिएका दुई जना नेपालीको पनि छाउनीस्थित सैनिक अस्पतालमा उपचार जारी छ ।



२०८३ भदौ २० १५:२२ बजे

प्रतिक्रिया