रहेन्न सुकुम्वासीका नेता राम भाट, झण्डा ओडाएर अन्त्येष्टि

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ ११ १३:४५ बजे
राम भाट

धनगढी। राम बहादुर भाटको जन्म २०१४ सालमा  डोटी शिखर न.पा. २ मुढेगाउ भइ  हाल कैलाली जिल्लाको गोदावरी नगरपालीका ७ गौडी टेकुला टोल लालपुर क्षेत्रमा वस्दै आउनु भएको थियो।

उहाँका  एक छोरा ३ छोरी सहितको परिवार रहेका छन।  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल  कैलाली जिल्ला समिति  सदस्य  तथा क्रान्तिकारी किसान महासंघका केन्द्रीय सदस्य र क्रान्तिकारी सुकुम्वासी सँघका पनि केन्द्रिय सदस्य हुनुहुन्थ्यो।

६९ वर्षको उमेरमा पनि युवा जोस जागर जस्तै स्थानिय भ्रष्ट जाली फटाहहरुको कामको निरन्तर भण्डाफोर गर्दै सुकुम्वासी  किसान मजदुरलाई क्रान्तिकारी आन्दोलनमा गोलवध्द गर्दै आएका भाटको हिजो असामहिक निधन भएको हो।

उहाँ विरामी परेपछि धनगढीको अस्पतालमा उपचार हुन नसकेकोले टिचिङ अस्पताल काठमाण्डौमा उपचारको क्रममा २०८३।५।१० गते उहाँको दुखत निधन भएको छ।

आज कैलालीको गोदावरी घाटमा उहाँको  शवमा पार्टीका सिसिएम तथा २ न.व्युरो सचिव लालवहादुर मडैले  पार्टीको झण्डा ओडाएर अन्त्यष्टि गरेको वताइन्छ। अन्त्यष्टि कार्यक्रममा  पार्टीका नेता कार्यकर्ता आफन्त घरपरिवार इष्टमित्रको उल्लेख्य उपस्थिति रहेको थियो।पार्टीको तर्फवाट उहाँको शवमा  झण्डा ओडाएर अन्तिम श्रध्दाञ्जली प्रकट गरेको वताइन्छ। 

२०८३ भदौ ११ १३:४५ बजे

प्रतिक्रिया