प्रदेशसभा सदस्य प्रकाशवहादुर देउवा पद मुक्त

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ २ २०:२५ बजे
प्रकाशवहादुर देउवा

धनगढी।   सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाशबहादुर देउवालाई सदस्य पदबाट पद मुक्त गरिने भएको छ । लगातार सभाको १० वटा बैठकमा अनुपस्थित भएपछि प्रदेशसभा सचिवालयले उहाँलाई पद मुक्त गर्न लागेको हो ।

नेपाली कांग्रेसबाट कैलाली ५ (२) बाट निर्वाचित देउवा जेनजी आन्दोलनपछि गत वर्षको भदौ २८ मा सुटुक्क अमेरिका उड्नु भएको थियो । व्यक्तिगत कामको सिलसिलामा अमेरिका गएको बेला स्वास्थ्यमा समस्या देखा परेपछि उपचार गर्नुपरेको व्यहोरा उल्लेखित पत्र गत चैतमा सचिवालयलाई पठाएर उहाँले आफ्नो पदको बचाउ गर्नुभएको थियो । तर, प्रदेश सभा सचिवालयले पद्मुक्त गर्ने भएको छ । 

उहाँलाई पद्मुक्त गर्ने निर्णय सदर गरिएको छ । भोलि बस्ने प्रदेशसभा बैठकमा निर्णय गरिएकोबारे जानकारी गराइने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १८० को (घ) मा सभालाई सूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित भएमा सम्बन्धित प्रदेश सभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । 


२०८३ भदौ २ २०:२५ बजे

प्रतिक्रिया