बाजुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८३ साउन १९ १०:१३ बजे

धनगढी । जिल्ला बाजुरा, बडिमालिका नगरपालिका-७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना बिरामी भएका छन् । विषालु जंगली च्याउ खाएका स्थानीय ५१ वर्षीय रामे थापा र उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा बिरामी परेका थिए । उनीहरूलाई राति १०ः२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो ।

अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०ः४० बजे रामे थापालाई मृत घोषणा गरेका हुन् । गम्भीर बिरामी रहेकी नाम्सरी थापाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।



२०८३ साउन १९ १०:१३ बजे

प्रतिक्रिया