काठमाडौं । काठमाडौं वीर अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन् ।
मोटरसाइकलको ठक्करबाट रामेछाप घर भई हाल भोटेबहाल बस्ने ७५ वर्षिया राज कुमारी नगरकोटी घाईते भएकी हुन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
आज बिहान पौने ७ बजे बा ३० प ९५३७ नम्बरको मोटरसाइकलले नगरकोटीलाई ठक्कर दिएको हो ।मोटरसाइकल र चालक नियन्त्रणमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया