रोल्पामा सवारी दुर्घटना परी १५ महिने बालकको ज्यान गयो

रोल्पामा सवारी दुर्घटना परी १५ महिने बालकको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ १२:२३ बजे
१५ महिने बालकको ज्यान गयो

 काठमाडौं ।  रोल्पामा सवारी दुर्घटनामा परी  एक बालकको ज्यान गएको छ।  रोल्पा नगरपालिका–२ घट्टेखोलास्थित सडकमा रा.१ ह ३०२२ नम्बरको अटो बिहीबार साँझ दुर्घटना हुँदा  बालकको  ज्यान गएको हो । मृत्यु हुनेमा अटोमा सवार रोल्पा नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्ती रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा  ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मध्ये तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०७९ भदौ १७ १२:२३ बजे

प्रतिक्रिया