डोटीमा १२ जना जुवाडे पक्राउ

डोटीमा १२ जना जुवाडे पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ १२:१६ बजे
जुवाडे पक्राउ

काठमाडौं ।  डोटीमा  १२ जना जुवाडेलाई पक्राउ परेका छन् ।  डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा  प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–६ घर भएका २४ वर्षीय लोकेन्द्र साउदसहित १२ जना  रहेका छन् ।  

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनिहरुलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जुवा खालबाट प्रहरीले १ लाख २२ हजार नगद र  ३ बुक तास बरामद गरेको छ ।  पक्राउ परेकाहरुमाथि अनुसन्धान चलीरहेको छ।  

२०७९ भदौ १७ १२:१६ बजे

प्रतिक्रिया