राजेन्द्र निमार्ण सेवा प्रा.लि. १ वर्षका लागी कालोसुचीमा

मुख्य सञ्चालक भिमवहादुर साउद

bimbonline बिम्ब अनलाइन
२०८३ असार १७ ११:०१ बजे

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

सुचनाको ९ न.मा राजेन्द्र निर्माण सेवा धनगढी कैलाली  जसका मुख्य सञ्चालक भिमवहादुर साउद रहेका छन।त्यसै गरी पेगीम कन्स्टेक्सन प्रा.लि. धनगढी कैलाली जसका मुख्य सञ्चालक मुनिल कुमार थापा रहेको छन। राजेन्द्र निर्माण सेवा लाई एक वर्ष पेगिम प्रा.लि लाई  ६ महिनाका लागी कालोसुचीमा राखिएको सुचनामा जनाएको छ।निर्माण व्यवशायी भिमवहादुर साउद नेपाली काग्रेस डडेल्धुराका सभापति पनि हुनुहुन्छ।

२०८३ असार १७ ११:०१ बजे

प्रतिक्रिया