महेन्द्नगर। पत्रकार ऐश्वर्य कुवर लाई नेपाल पत्रकार महासँघ सुदूरपश्चिम प्रदेश समितिले अनिश्चितकालका लागी पत्रकार महासँघको साधारण सदस्य समेत वाट निलम्वन गरेको आज एक वक्तव्य जारी गरेर वताएको छ।
हिजो एक सार्वजनिक कार्यक्रममा गएर वडा अध्यक्ष माथि पत्रकार ऐश्वर्य कुँवर हातपात गरेर अभद्र व्यवहार गर्नु पत्रकारको आचरण विपरित भएकोले विलम्वन गरेको महासँघले जनाएको छ। उनी माथी फिरौती रकम मागेको आरोप पनि छानविन गर्न महासँघले माग गरेको छ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरको सदस्य कुँवरले कञ्चनपुरको महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा सञ्चालन भइरहेको लागुऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा गएर वडा अध्यक्ष रविन्द्र देवकोटालाई अभद्र व्यवहार गर्दै कुटपिट गरेकी थिइन ।
देवकोटाो जाहेरीले अभद्र व्यवहारको मुद्दामा कुँवरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्र गिरीले जानकारी दिए । प्रहरीका अनुसार कार्यक्रममा एक वरिष्ठ सहायक निरीक्षकले प्रशिक्षण दिइरहेका बेला कुँवर अचानक भित्र छिरेर तपाई मसँग बाहिर हिड्नुस भन्दै अभद्र व्यवहार सुरू गरेकी थिइन ।
सात मिनेट कार्यक्रम नै अवरूद्ध हुने गरी विवाद गरेर उनले वडा अध्यक्ष देवकोटामाथि हातपात गरेकी हुन । कुँवरले ठेकेदारको नम्बर नदिएको भन्दै वडा अध्यक्षमाथि दूर्व्यवहार गरेको भिडियोमा देख्न सकिन्छ ।
प्रतिक्रिया