कैलालीमा नदीमा डुबेर दुई जना बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई जना बेपत्ता

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १७:३२ बजे
बेपत्ता

 काठमाडौं । कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता  भएका छन् । धनगढी उपमहानगरपालिका–३ र १९ मा नदीमा डुबेर दुई जना बेपत्ता भएका हुन् । 

 धनगढी-३ मा स्थानीय मोहन रानाका छोरा १० वर्षीय प्रिन्स र धनगढी–१९ स्थित मोहना नदीमै २७ वर्षीय माने भनिने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता  भएका  कैलाली जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले बताएका छन् ।  नदीमा डुबेर बेपत्ता भएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।   

२०७९ भदौ १६ १७:३२ बजे

प्रतिक्रिया