प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोष्ट्रममा उभिएर भारतले मात्रै नभई नेपालले पनि उसको भूमि मिचेको गम्भीर टिप्पणी गरेपछि चर्किएको राजनीतिक तथा कूटनीतिक विवादमा एकपछि अर्को नयाँ मोड उत्पन्न भएको छ । दिउँसोको उनको उक्त अभिव्यक्तिउपर सर्वत्र आलोचना बढेपछि जेठ १७ गते राति परराष्ट्र सहसचिवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइलाई फरक अर्थमा नबुझ्न आग्रह गरेका थिए ।
त्यसको दुई दिनपछि सरकारका प्रवक्ता तथा शिक्षमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीले भारतीय जमिन मिचेको भनेर नबोलेको दाबी गरे । तर, शाहको भनाई सामाजिक सञ्जालमा छरपस्ट हुँदासमेत मन्त्रीले दिउँसै रात पार्ने शैलीमा त्यस्तो दाबी गरिरहे ।
दुई देशबीच कायम रहेको सीमाक्षेत्रमा नदीको बहाव परिवर्तन,पुराना सीमा स्तम्भ हराउँदा स्थानीय स्तरमा दुवैतर्फ खेतीपाती हुने गरेको अवस्थाका कारण भोगचलनको समस्या देखिएको अवश्य हो । तर, त्यस्तो अवस्थालाई राज्यले जानाजान भूमि मिचेको अर्थमा लिने गरिँदैन र अहिलेसम्म दुई देशबीच उक्त अवसीमावर्ती क्षेत्रका बासिन्दाले भने राजनीतिक तहमा दिइएको यस्तो अभिव्यक्तिले वास्तविक सीमा समस्यालाई झन् जटिल बनाएको भन्दै आपत्ति जनाएका छन् ।
कैलालीको सदरमुकाम धनगढी आसपासका स्थानीयले सीमा नदी मोहनाबाट नेपालतर्फ करिब २ किलोमिटरभित्र हालै गाडिएको पिल्लर देखाउँदै दीर्घकालीन सीमा समाधानमा सरकार उदासीन रहेको आरोप लगाएका छन् । नेपालतर्फको भागमा भारतले पिल्लर नम्बर ७५२\३ (१७०) एसी गाडेको उनले सामाजिक सञ्जालमा हालेको भिडियोमा देखिन्छ ।
उनले भनेका छन्, ‘हाम्रो पुरानो सीमाना झण्डै २ किलोमिटर दक्षिणतर्फको मोहना नदी हो । तर अहिलेको सीमाना हेर्नुस् । धनगढीको रिंगरोड पुग्नलाई यो पिल्लरबाट ५० मीटर मात्रै बाँकी छ ।’ प्रधानमन्त्रीको कुर्सीमा बसेका व्यक्तिले दिएको त्यस्तो अभिव्यक्तिबाट मुलुकले ठूलो क्षति भोग्नुपर्नेमा उनी चिन्तित छन् । उनले अगाडि भने, ‘नेपालले भारतीय भूमि मिच्यो कि,भारतले नेपाली भूमि मिच्यो अब यो पिल्लरले प्रमाणित गर्छ ।’ वस्तुस्थिति पत्ता लगाउन उनले प्रधानमन्त्रीलाई कैलाली र कञ्चनपुरको सीमा क्षेत्र निरीक्षण गर्न सुझाएका छन् ।
स्थानीयको आक्रोशले सीमा क्षेत्रमा अझै यथार्थ समस्या कायम रहेको तर सिंहदरबारमा भएको सस्तो राजनीतिक टिप्पणीले जनस्तरमै ‘बोली र भोगाइ’ बीचको दूरी झन् उजागर गरिदिएको छ। जनआस्था वाट
प्रतिक्रिया