भारतबाटै बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाटै बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १७:२५ बजे
पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ।  इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको  मुल्य  बढेर आउने भएको छ ।  

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ । हवाई इन्धन ८ रुपैयाँले बढेको आएको छ ।  खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेको छ ।

यससँगै, निगमलाई १५ दिनमा ४८ करोड २५ लाख रुपैयाँ घाटा हुने भएको छ । सबै पेट्रोलियम पदार्थको मूल्य बढेको स्थितिमा एलपीजी ग्यासको घट्दा करिब २ करोड रुपैयाँ बराबरको घाटा जोगिने  निगमका स्रोतले जनाएको छ ।  

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्यको  आकासिएको हो ।  यसअघि, प्रतिब्यारेल कच्चा तेलको मूल्य ९४ डलरसम्म आइपुगेको थियो । जुन, अहिले बढेर १०० डलर प्रतिब्यारेल भन्दा माथि पुगेको छ । यससँगै, आईओसीले पठाएको नयाँ मूल्यसूची बढेर आएको हो ।

यसअघि, आईओसीले तीन पटकसम्म मूल्य घटाएर पठाएको थियो । आईओसीले निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची  पठाउदैं आएको छ । आईओसीले अंग्रेजी तारिख १ र १५ मा मूल्यसूची पठाउँ छ । यस्तै, निगमले आईओसीलाई ८ र २३ तारिखमा भुक्तानी गर्दै आएको छ ।

२०७९ भदौ १६ १७:२५ बजे

प्रतिक्रिया