क्याम्पसमा विधार्थी सँगठन हटाउन प्रहरी पोष्ट स्थापना गरिने

विश्वविद्यालय परिसरमा अस्थायी वा स्थायी सुरक्षा युनिट स्थापना गरिने छ।

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख ५ १६:३२ बजे

काठमाडौँ । विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालय परिसरलाई दलीय प्रभावमुक्त बनाउने निर्णय कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाएको छ।

दुई साताअघि शिक्षामन्त्रीको सहभागितामा बसेको बैठकले विश्वविद्यालयभित्र रहेका विद्यार्थी संगठनका ब्यानर, झण्डा र भित्ते लेखन तुरुन्त हटाउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा सर्कुलर समेत पठाइएको छ।

समितिले विश्वविद्यालय ऐन वा नियमावलीमा दलीय विद्यार्थी संगठनसम्बन्धी प्रावधान भए ती खारेज गर्न तीन तहको प्रस्ताव तयार गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मा पठाउने निर्णय गरेको छ।

त्यस्तै, विश्वविद्यालयका कार्यकारी परिषद् वा सम्बन्धित निकायमार्फत ६० दिनभित्र आवश्यक नियम संशोधन गर्ने व्यवस्था पनि गरिएको छ।

निर्णय कार्यान्वयनका क्रममा सुरक्षा चुनौती देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउने व्यवस्था गरिएको छ।आवश्यकता अनुसार विश्वविद्यालय परिसरमा अस्थायी वा स्थायी सुरक्षा युनिट व्यवस्थापनका लागि मन्त्रालयमार्फत गृह मन्त्रालय सँग समन्वय गरिने जनाइएको छ।


२०८३ वैशाख ५ १६:३२ बजे

प्रतिक्रिया