स्याउका बोट सेताम्मे, किसान खुसी

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख ४ ०६:५५ बजे

मुस्ताङ।यहाँको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् ।स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगै स्याउ बोटहरूमा फूल फुलेर सेताम्मे हुन थालेको बताए ।

स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उनको भनाइ छ । स्याउलाई शीतोष्ण प्रदेशीय फलफूलको राजा भन्ने गरिएको उनको भनाइ छ ।

स्याउको फूल र फल लाग्न ४५ दिनको समय सात डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्ने जनाइएको छ । त्यसपछि स्याउको फूल फुल्ने र फल लाग्ने समयमा तापक्रम न्यूनतम १० डिग्रीदेखि २० डिग्री सेल्सियससम्म तापक्रम आवश्यकता पर्ने प्राविधिक सहायक राउतले उल्लेख गरे ।

मुख्यगरी असोज र कात्तिक महिनामा स्याउको ‘पोस्ट हार्भेस्ट’ गरिएपछि स्याउ बोटको काँटछाँटलगायत स्याउको बगैँचा व्यवस्था गरेपछि बर्सेनि चैत र वैशाख महिनामा स्याउको फूल फुल्ने प्राविधिक सहायक राउतले जानकारी दिए ।

स्याउको गुणस्तर तथा उत्पादन वृद्धिका लागि स्याउ बोटमा फूल फुल्ने बेला पोलिनेशन (परागसेचन) आवश्यकता पर्दछ । स्याउका कतिपय प्रजातिहरू स्वतः प्राकृतिक रुपमा परागसेचन हुने र कतिपय स्याउका जातहरूलाई पर परागसेचनको आवश्यकता पर्ने प्राविधिक सहायक राउतले बताए ।




२०८३ वैशाख ४ ०६:५५ बजे

प्रतिक्रिया