स्वास्थ्य विमा वोर्डमा मत्रीपत्नी नियुक्त

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र २४ ११:५२ बजे

काठमाण्डौ।  स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति सम्बन्धी विषय सार्वजनिक भएसङ्गै श्रम तथा रोजगारमन्त्री दीपक साहकी पत्नी जुनु श्रेष्ठ विवादमा तानिएकी छन् । बोर्डकै सदस्य रहेकी तर पछिल्ला गतिविधिको कारण निलम्बनमा परेकी उनलाई पुनः सोही पदमा पुनरामगन गराउन लागिएपछि आलोचनामा परेकी हुन् । 

कतिपय सञ्चार माध्यममा ‘स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताद्वारा जुनुलाई बोर्ड सदस्य नियुक्त’ भन्ने व्यहोराका समाचार सार्वजनिक भएपछि उनले फेसबुकमार्फत् तात्तातै स्पष्टीकरण समेत दिएकी छन् । भनेकी छन्, ‘स्वास्थ्य बीमा बोर्ड सदस्यसम्बन्धी आइरहेको खबरप्रति मेरो कुनै सम्बन्ध छैन र मैले मनोनयनसम्बन्धी कुनै पत्र पनि बुझेको छैन।’

विदेशका कार्यक्रममा घुम्न जानको लागि मात्र नियुक्ति  खाएको आरोप लागेकी उनी बैठकहरुमा लगातार अनुपस्थित भएपछि बोर्ड समितिले उनलाई निलम्बन गरेको बताइन्छ । बोर्डको वेबसाइटबाट समेत उनको नाम हटाइएको देखिन्छ । तर मन्त्री मेहताले उनै जुनुलाई पुनः बोर्ड समितिमा पुनस्थापना गराएपछि विवाद सिर्जना भएको हो ।

२०८२ चैत्र २४ ११:५२ बजे

प्रतिक्रिया