महाअभियोग सिफारिस समितिमा जबराको आजको बयान सकियो

महाअभियोग सिफारिस समितिमा जबराको आजको बयान सकियो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १३:४७ बजे
महाअभियोग सिफारिस समिति

 काठमाडौं । महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँगको बयान  लिने  काम  सकिएको छ । 

 जबराले विहान ११ बजे सिंहदरबारमा पुगेर झण्डै २ घण्टा  लामो  बयान  दिएका  हुन् । 

महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ ।

२०७९ भदौ १६ १३:४७ बजे

प्रतिक्रिया