यात्रीलाई अभद्र व्यवहार गर्ने १३ जना नियन्त्रणमा

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र २० १२:०६ बजे

काठमाण्डौ।  सर्वसाधारण यात्रीलाई दुःख हैरानी दिने, अभद्र व्यवहार गर्ने गरेको अभियोगमा प्रहरीले १३ जनालाई काठमाडौंको नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको छ ।

काठमाडौंका विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरमा काम गर्ने व्यक्तिले बस तथा सुमोमा चढी उपत्यका बाहिर जाने यात्रीलाई दुःख हैरानी दिने अभद्र व्यवहार गर्ने गरेको सूचनाका आधारमा १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

आफूहरूले भनेको सवारीसाधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारण यात्रीको झोला तथा सामान जबर्जस्ती तान्ने, दुःख हैरानी दिने अभद्र व्यवहार गर्नेलाई प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




२०८२ चैत्र २० १२:०६ बजे

प्रतिक्रिया