काठमाण्डौ। बिचौलिया दीपक भट्ट आइजीपी प्रदीप समशेरका पालामा दुई लाख रूपैयाँ लगानी गरेर सामान सप्लाइको दुनियाँमा प्रवेश गरेका उनी वर्तमान समयको धनी र शक्तिशालीमध्येका एक हुन् । उनका नाममा दर्जनौं कम्पनी छन् भने सरकारी ठेक्कापट्टामा पनि उनकै रजगज छ ।
सुरक्षा निकायको हातहतियारदेखि सरकारी निकायमा आवश्यक विद्युतीय उपकरण खरिदको ठेक्का उनले नै हात पार्दै आएका छन् । पर्यटनदेखि हाइड्रो र रियल इस्टेट व्यवसायमा उनको साम्राज्य छ । उनी यस्ता बिचौलिया हुन्, जसले जो सत्तामा आएपनि प्रभावमा पारेर फाइदा उठाइहाल्छन् । प्रधानमन्त्रीदेखि मन्त्री र कर्मचारीसम्मलाई लठ्ठ बनाएर आफ्नो दुनो सोझ्याउने क्षमता भएका भट्टका बुबा मलकाण्डमा जेल परेका चतुर्भुज डडेल्धुराको एउटा दुर्गम गाउँमा जन्मिएका हुन्।
साविकको भद्रपुर गाविस वडा नम्बर २ मा जन्मेर, हुर्किएका उनको लगानी र सम्पत्तिको हिसाब गरिसाध्य छैन । नागरिकता नम्बर १०७ भएका उनको कलेजदेखि आवास, अस्पताल, रिसोर्ट, सेयर, ठेक्कापट्टालगायत सबै क्षेत्रमा लगानी रहेको छ । मुलुकका ठुल्ठूला सरकारी ठेक्कापट्टा पनि उनले हात पार्दै आएका छन् । भट्ट इन्फिनिटी इन्फ्रास्ट्रक्चर प्रालि, इन्फिनिटी होल्ङिङ्गस प्रालिलगायत चर्चित कम्पनीका मालिक हुन् ।
उनलाई सरकारले सम्पत्ति सुध्दिकरण मुद्दामा काठमाण्डौ पाटन वाट पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ।
प्रतिक्रिया