गण्डकी प्रदेशका चार जिल्लामा सात घण्टादेखि विद्युत् सेवा अवरुद्ध

गण्डकी प्रदेशका चार जिल्लामा सात घण्टादेखि विद्युत् सेवा अवरुद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १३:२७ बजे
विद्युत् सेवा अवरुद्ध

काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा  सात घण्टादेखि विद्युत् सेवा अवरुद्ध   भएको छ ।  

 १३२ के.भि. मादी–पोखरा प्रसारण लाइन अवरुद्ध हुँदा बिहीबार बिहान साढे पाँच बजेदेखि चार जिल्लामा विद्युत् अवरुद्ध  बनेको  नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताएका छन् । 

पर्वतको मोदी गाउँपालिकादेखि पोखरामा जडान भएको लाइनमा समस्या आएको भए पनि कहाँनेर के समस्या आयो भन्ने पत्ता  नलाग्दा  विद्युत अवरुद्ध बनेको उनले बताएका छन् ।  

पोखरादेखि मोदीसम्मको लाइनमा तार चुँडियो की, टावर नै ढल्यो की वा अरू नै केही भयो की भन्ने अझैसम्म पनि पत्ता लाग्न सकेको छैन। प्राविधिक टोलीले लाइन बिस्तार गरिएकै बाटो हिँडेर फल्ट पत्ता लगाउने प्रयास गरिरहनुभएको उनले बताएका छन् ।   समस्या पत्ता लागेपछि पनि सामान्य खालको भएमा त मर्मत हुन सक्ने तर  टावर नै ढल्को वा जटिल समस्या भएमा विद्युत् सेवा  सुचारु हुन समय  लाग्ने बताएका छन् । 

मंगलवारदेखि भइरहेको निरन्तरको वर्षा नरोकिएका कारण पनि विद्युत् लाइनमा आएको समस्या पत्ता लगाउन कठिनाइ भइरहेको उनले बताएका छन् । 

विद्युत् सेवा नहुँदा व्यावसायिक प्रतिष्ठानदेखि सञ्चार माध्यमहरू पनि प्रभावित बनेका छन्। 

२०७९ भदौ १६ १३:२७ बजे

प्रतिक्रिया