पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १३:०८ बजे
कालीगण्डकी करिडोर

 काठमाडौं ।  कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–१० दबल्याङमा सडक अवरुद्ध भएको छ ।  करिडोरकै फुस्रेखोलामा निरन्तररूपमा सडकमाथिबाट ढुङ्गा खसिरहेका छन्।  बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक  अबरुद्ध बनेको छ ।  

दब्ल्याङ हुँदै बलेवा कुश्मिसेरा जाने सडक केही दिनदेखि बन्द भएपछि कालीगण्डकी करिडोरमार्फत सवारीसाधन सञ्चालनमा आएका थिए। निरन्तरको वर्षापछि करिडोर अवरुद्ध भए पनि वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताएका छन् ।  

बुधबार दव्ल्याङमा समस्या  नभएको, सडकमाथिबाट फुस्रेखोलामा ढुङ्गा खसिरहेकाले दुर्घटना रोक्न बुधबार(हिजो) देखि नै सवारी सञ्चालनमा रोक लगाएको  उनले बताएका छन् । 

सडक अवरुद्ध हुँदा दुई दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँगको सडक  अबरुद्ध बनेको छ । 

२०७९ भदौ १६ १३:०८ बजे

प्रतिक्रिया