काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा एआई ह्याकाथन आयोजना गरिएको छ। नेपाल स्टार्टअप नेटवर्कको आयोजनामा ‘एआई ह्याकाथन २०२६’ नामक उक्त कार्यक्रम आज र भोलि पुल्चोकस्थित एम्बार्क कलेजमा हुन लागेको छ ।
कार्यक्रममा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करलाई प्रमुख अतिथि बनाइएको छ । आयोजकले कार्यक्रममा विद्यार्थी, प्रोग्रामर,स्टार्टअप उद्यमी तथा प्रविधिमा रुची राख्ने युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर नयाँ क्षमता विकास गर्न अवसर दिइने दावी गरेका छन् ।
यसअघि पनि दूतावासको सहयोगमा मुलुकका विभिन्न भागमा यस्तै खाले कार्यक्रम आयोजना गरिएको थियो । फागुन २१ गतेको चुनावअघि कन्टेन्ट क्रियटरका लागि भन्दै उपत्यकाबाहिर चितवन,नेपालगञ्जलगायत शहरमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको थियो ।जनआस्था वाट
प्रतिक्रिया