पुर्व प्रधानमत्री के.पी ओलीलाई पित्रीशोक

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २९ ११:०२ बजे

काठमाण्डौ। भर्खर सम्पन्न निर्वाचनमा नेकपा(एमलाे)को सर्वनाक हारका कारण दुःखित अवस्थामा रहेका नेकपा(एमाले)का अध्यक्ष  एव   पूर्व प्रधानमन्त्री  केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज निधन भएको छ ।

उहाँको ९७ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । उहाँको निधनले ओली परिवारलाई थप दुःखित र मर्माहित गरेको छ।

उहाँको पार्थिव शरीरलाई अहिले ओली निवास गुण्डुमा लगेर दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।



२०८२ फागुन २९ ११:०२ बजे

प्रतिक्रिया