काठमाण्डौ। हर्क साम्पाङको पार्टीभित्र भाँडभैलो, पाटी नै फुट्ने सम्भावना धरानका पुर्व मेयर हर्क नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बनेसँगै समानुपातिक सांसद छनोटलाई लिएर पार्टीभित्र विवाद सुरु भएको छ।
पार्टीले करिब ३ लाख ८५ हजार समानुपातिक मत पाउँदै चारजना सांसद पाउने भएको छ। प्रत्यक्ष र समानुपातिक गरी कुल सांसद संख्या ७ पुग्ने देखिन्छ, जसमा संवैधानिक प्रावधानअनुसार कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ।
यसैबीच समानुपातिक बन्दसूचीको महिला क्लस्टरमा १६ नम्बरमा रहेकी समला राईले पार्टीभित्र गुटबन्दी सुरु भएको आरोप लगाएकी छन्। धरानमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई सांसद नबनाए राम्रो नहुने भन्दै संस्थापक नेता हर्क साम्पाङलाई चेतावनीसमेत दिएकी छन्।
उनले भनेकी छन्, ‘मभन्दा संघर्ष गरेर आएको कोही छ भने म छाडिदिन्छु । तर, जनजातिमा अरु गयो भने राम्रो हुँदैन । हर्क साम्पाङ ज्युले यो कुरा बुझ्नुपर्छ ।’
उनले थप भनेकी छन्, ‘मैले सबैसँग बुझेको छु, सांसद बनाउने विषय अध्यक्षको हातमा हुन्छ । मैले मेरो विषयमा हर्क समम्पाङ ज्युलाई भनिसकेको छु । यदि मेरो कुरा सुन्नुभएन भने‘ म जस्तो इमानदार मान्छेलाई गाली खुवाउने हो उहाँले ? उहाँलाई यो ठाउँसम्म पुर्याउन समलाको भूमिका कति छ ? यो समलालाई हेप्ने हो ?
प्रतिक्रिया