भोली देखि आधा सिलिण्डर मात्र ग्यास मिल्ने

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २८ २०:०६ बजे

काठमाण्डौ।  नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास मात्र वितरण गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा जारी युद्धका कारण ग्यास आपूर्तिमा समस्या देखिएपछि निगमले यस्तो निर्णय गरेको हो।

निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास मात्र खरिद गर्न पाउनेछन्। आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको मूल्यको आधा नै निर्धारण गरिएको उनले बताए।

उनका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यासको माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले बजार व्यवस्थापनका लागि यस्तो व्यवस्था लागू गरिएको हो।

भट्टले आधा सिलिन्डर ग्यास वितरण गर्दा धेरैभन्दा धेरै उपभोक्ताले ग्यास पाउने बताए। उनका अनुसार पहिले एक हजार जनाले ग्यास पाउने अवस्थामा अब दुई हजार जनासम्म उपभोक्ताले ग्यास पाउने सम्भावना रहनेछ।

यसका साथै आधा सिलिन्डर मात्रै बिक्री गर्दा ग्यास अनावश्यक रूपमा थुपारेर राख्ने प्रवृत्ति पनि घट्ने निगमको विश्वास छ। “आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै आवश्यकता परेको छ उसैले किन्छ,” भट्टले भने।

निगमका अनुसार यो निर्णयले बजारमा देखिएको ग्यास अभाव कम हुने र उपभोक्तालाई ग्यास उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।

May be an image of text
२०८२ फागुन २८ २०:०६ बजे

प्रतिक्रिया