काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामा नेपालले विदेशबाट १ करोड ३३ लाख रुपैयाँको मह आयात गरेको छ । नेपालले विदेशबाट ५ लाख ८० हजार किलोग्राम मह आयात गरको हो ।
भन्सार विभागका अनुसार आयातकर्ताले विदेशबाट मह ल्याए बापत राज्यलाई ३४ लाख रुपैयाँ बराबरको राजस्व तिरेका छन् । नेपालले सबैभन्दा धेरै मह भारतबाट आयात गरको छ ।
यस अवधिमा भारतबाहेक अस्ट्रेलियाबाट १ किलोग्राम मह समेत आएको छ । बाँकी सबै आयात भारतबाट आएको विभागले जनाएको छ ।
प्रतिक्रिया