सर्वोच्च अदालतको आदेशले दुर्गा प्रसाइ रिहा

सुशिला कार्कीको गैरकानुनी काम माथी अदालतको लगाम नागरिक हकको पक्षमा आदेश

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन १२ १९:२१ बजे
दुर्गा प्रशाइ

काठमाण्डौ।   सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। मंगलबार(आज) न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै उनलाई थुनामुक्त गर्न सरकारका नाममा निर्देशन दिएको हो।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले थुनाको कानुनी आधार पर्याप्त नरहेको ठहर गर्दै रिहाइको आदेश दिएको हो।

बन्दीप्रत्यक्षीकरण संवैधानिक उपचारअन्तर्गत व्यक्तिको स्वतन्त्रता संरक्षणका लागि प्रयोग हुने महत्वपूर्ण कानुनी उपाय हो। अदालतको आदेशसँगै प्रसाईंलाई तत्काल थुनामुक्त गर्नुपर्ने भएको छ।

यस आदेशलाई प्रसाईं प्रकरणमा सर्वोच्च अदालतको महत्वपूर्ण हस्तक्षेपका रूपमा हेरिएको छ। अब सम्बन्धित निकायले अदालतको आदेश कार्यान्वयन गर्दै उनलाई रिहा गर्ने प्रक्रिया अघि बढाउनेछ।

२०८२ फागुन १२ १९:२१ बजे

प्रतिक्रिया