सिन्धुलीमा बाल्टिनमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। बुधबार बिहान मरिण गाउँपालिका- २ शिखर तीनघर बस्ने अक्कलबहादुर वाइबाका छोराको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा १० वर्षीय सुक्के वाइबा रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। कपडा धुन जम्मा गरेको बाल्टिनको पानीमा डुबेर बालक गम्भीर घाइते भएपछि उपचारको लागि प्राथामिक स्वाथ्य केन्द्र कपिलाकोट लगिएको थियो।
अस्पताल पुर्याउनासाथ बालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा प्रहरी टोली पुगेको छ।
प्रतिक्रिया