गुलरिया। ३१औ जनयुद्ध दिबस समारोह भब्यरुपमा बर्दिया बढैयाताल गापाको भोलागौडिमा सम्पन्न भएको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँके- बर्दिया जिल्ला कमिटीले तयगरेकोे कार्यक्रममा दुबै जिल्लाका कार्यकर्ताहरुको उपस्थिति थियोे। बाँके जिल्ला सेक्रेटरी तथा वैकल्पिक केन्द्रिय सदस्य पिटीको अध्यक्षतामा र बर्दिया जिल्ला सेक्रेटरी बिनयले कार्यक्रमको सञ्चालन गर्नुभएको थियोे।
उपस्थित सबैलाई जलनले स्वागत मन्तब्य द्वारा स्वागत गर्नु भएको कार्यक्रमका प्रमुख अतिथिमा ३ नं. ब्युरो ईन्चार्ज तथा पोलिटब्युरो सदस्य सिखर हुनुहुन्थ्यो ।अतिथिहरु बर्दिया जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य बिपिन केन्द्रीय सदस्य कुसल केन्द्रीय सल्लाहकार किरण दलित मुक्तिमोर्चा बाँके जिल्ला संयोजक शक्ति मुस्लिम संगठन बर्दिया जिल्ला संयोजक नईम हासमी महिला संगठन बर्दिया जिल्ला संयोजक छाँया श्रेष्ठ हुनुहुन्थ्यो।
कार्यक्रमको बिचमा नेपाली कम्युनिस्ट पार्टी बाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रबेश गराउदै नब प्रबेसिका द्वय हरिराम थारु , राजु चौधरी लाई कार्यक्रमका प्रमुख अतिथिले अबिर लगाइ स्वागत गरी बधाई दिनुभएको थियो । जनयुद्ध तथा शहिदहरुलाई स्मरण गर्दै उपस्थित सबैले आपसमा जनयुध्द दिवशको शुभकामना आदान प्रदान गर्दै आगामी फाल्गुन २१ गते को दलाल संसदिय निर्वाचन पुर्णरुपमा बहिस्कार गर्ने प्रतिबद्धता गरिएको थिए।
प्रतिक्रिया