नवलपरासीमा रोकिराखेको बसमा आगलागी

नवलपरासीमा रोकिराखेको बसमा आगलागी

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १२:५३ बजे
बसमा आगलागी

काठमाडौं ।  पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगलागी भएको छ ।  जिप्रका नवलपरासी पश्चिमका  डिएसपी भोजराज पाण्डेयका अनुसार गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु.१ख ६६५४ नम्बरको बसमा आगो लागेको हो ।   

प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका  हुन्। आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको पाण्डेयले  बताएका छन् । 

२०७९ भदौ १४ १२:५३ बजे

प्रतिक्रिया