धनगढी। डडेल्धुराका एक जना धनगढीको जङ्गलमा मृत अवस्थामा फेला परेका छन्।
डडेल्धुराको अजयमेरू गाउँपालिका–२ बस्ने २३ वर्षीय मुकुन्द राज जोशी धनगढीको जङ्गलमा मृत फेला परेका हुन्। धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित मार्केटिङ्को काम गर्ने जोशी १९ गते सोमवारदेखि हराई बेपत्ता भएका थिए।
उनको आफन्त र प्रहरीले खोजतलास गर्दै जाँदा बिहीवार ४ः४५ बजेको समयमा कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित रहेको देवरिया वनस्पती उद्यानको पछाडी जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट अनुसन्धान भईरहेको छ।
प्रतिक्रिया