जन्ती वोकेको वस वैतडीमा दुरघटना

दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

bimbonline बिम्ब अनलाइन
२०८२ माघ २४ ०८:२३ बजे

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा  ८ जनाको मृत्यु भएको छ।

हिजो बेलुका बैतडीको पुर्चैडी नगरपालिका-७, बडचौर स्थित ढोल्यामोडमा बझाङतर्फ जन्ती बोकेर जाँदै गरेको सु.प.प्र ०२-००१ख १११९ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो।प्रहरीले बस अनियन्त्रीत भई करिब दुई सय मिटर तल खसेको जनाएको छ।

दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।मृतक र घाइतेमध्ये १८ महिला र २७ पुरुषको उद्वार गरिएको बैतडी प्रहरीले जनाएको छ। तर, बसमा सवार कति थिए भनेर एकिन हुन सकेको छैन्।

मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णु दत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन्।

यस्तै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोह देव भट्ट, जयपृथ्वी नगरपालिका-७ का ४० वर्षीय बसन्त राज रतला र पुर्चौडी नगरपालिका-७ की ४० वर्षीय पुष्पा अवस्थीको पनि मृत्यु भएको छ।

घाइतेहरुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। उपचारको क्रममा केहि घाइतेहरुको मृत्यु भएको डडेल्धुरा अस्पतालले जनाएको छ।



२०८२ माघ २४ ०८:२३ बजे

प्रतिक्रिया