रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सवार गाडीको ठक्करबाट ४ बर्षकी एक बालिकाको ज्यान गएको छ ।
सो पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करले ती बालिकाको मृत्यु भएको हो । आज दिउँसो साढे २ बजे ईशनाथ नगरपालिका–४, मठिया टोलस्थित मस्जिदनजिकै बाटोमा खेलिरहेकी खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विष्णुप्रसाद बस्यालका अनुसार दुर्घटनालगत्तै सवारी चालक आफैंले बालिकालाई उपचारका निम्ति गौरस्थित सिटी अस्पताल पुर्याएका थिए । तर,बालिकाको मृत्युको खबरपछि आलम बेपत्ता भए ।
‘उनी को थिए ? यकिन भइसकेको छैन । स्थानीयले चिन्छौं भनेका छौं । तीव्र रुपमा खोजी भइरहेको छ,’ प्रवक्ता बस्यालले भने । कारमा रास्वपाको घण्टी अंकित स्टिकर टाँसिएको भेटिए पनि उम्मेदवार आलम थिए वा थिएनन् ? भन्ने यकिन हुन बाँकी रहेको उनको भनाइ छ ।तर,स्थानीयले भने गाडीमा रास्वपा उम्मेदवार आलम सवार रहेको दावी गरेका छन् ।
प्रतिक्रिया