नेपालका वौध्दिक सचेत स्वाभिमानी देशभक्त नागरिकहरु मध्येका एक हुन प्रेमसागर पौडेल।उहाँले रुपन्देहिमा वाख्रा फर्म सञ्चालन गरेर लामो समयदेखि कृर्षिकर्म गर्दै आउनु भएको छ। उहाँले आज आफ्नो फेसवुकमा स्टाटस लेख्दै भन्नु भएको छ-
मैले भोट किन हाल्दिन ?
गणतन्त्र हामी पनि लडेर ल्याएको हो । गणतन्त्र आएपछि संविधान बनाउने काम गरियो । यहाँ सबैले जातका कुरा गरे, लिङ्गका कुरा गरे, धर्मका कुरा गरे, भुगोलका कुरा गरे र तथाकथित संविधानमा तिनिहरुको प्रतिनिधित्वलाई भागशान्ति बिलो लगाए । तर, खाने बेलामा चाहिँ एउटाको भाग अर्कैले खाईरहेको छ ।
तर यी कसैले वर्गको कुरा गरेनन् । संविधान बनाउने बेलामा संकलन गरेको तथाकथित जनतमलाई रद्दिको टोकरिमा फालिदिएका थिए । त्यसैले ६६ प्रतिशत बढि श्रमजिवि किसानको प्रतिनिधित्व सम्बन्धमा कुनै भाग लागेन । अहिले चुनावका बेला बहुसंख्यक किसान मतदाताको आँखामा छारो हाल्न कथाकथित घोषणापत्र कथिदैछ । जे कथिए पनि संविधान संशोधन गरेर जनसंख्याको आधारमा किसानको प्रतिनिधित्व सुनिश्चित गरिनेछ भनेर कसैले लेख्ने छैन । गर्न त गर्दैनन् नै यो कुरा लेख्दा पनि लेख्दैनन् । मोहनविक्रम, नारायणमान, विप्लवदेखि हर्क साङ्पाङसम्म कसैले लेख्दैनन् । रास्वपा, काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा यिनले लेख्ने भन्ने त कल्पनै गर्न सकिँदैन । यो चुनावमा भाग नलिने केही समुहहरु पनि छन्, म ती कसैको सदस्य होईन । त्यसैले उनको बहिस्कारलाई मेरो समर्थन होईन । तर, म भोट हाल्दिन ।
अन्न खानैपर्ने तर त्यो अन्न उत्पादक वर्गलाई मान्छे हो र उसको पनि समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने सामान्य विवेक नभएकाहरु सामाजिक र प्राकृतिक न्यायको दृष्टिले किसानमारा, लुटेरा, डाँका र अपराधिहरु हुन । यस्ता विवेकहिन बुख्याँचा र झ्यामपुतलिहरुलाई मैले भोट हाल्दिन ।
देशको आत्मनिर्भरता समाप्तपारि, दुई तिहाई भन्दा बढिको संख्यामा रहेका श्रमजिवि किसानलाई सामान्य मान्छेको रुपमा सामाजिक र प्राकृतिक न्यायबाट वञ्चित गरि नेपाली श्रमशक्ति विदेशिलाई बेच्ने र विदेशिका विषादियुक्त रद्दि खानेकुरा देशभित्र हुल्नेहरु दलाल पुँजिवादका पटके खेताला मात्र होईनन्स सारमा राष्ट्रघाति र देशद्रोहि हुन । मैले यस्ता राष्ट्रघाति, देशद्रोहिहरुलाई भोट हाल्दिन ।
एकछिनलाई कल्पना गरिदिउँ मानौँ, यदि यहि व्यवस्थामा पनि संसदमा ६६ प्रतिशत श्रमजिवि किसान हुन्थे भने, अवश्य सरकार पनि किसानकै हुन्थ्यो । यदि श्रमजिवि किसानको सरकार र उनिहरु वाहुल्य संसद हुन्थ्यो भने देशको ऐन, कानुन र कार्यदिशा पनि आत्मनिर्भरता कै पक्षमा हुन्थ्यो । यहाँ दलाल पुँजिवाद फस्टाउन र विदेशि दलालका गुहेँ भवंराहरु भुनभुनाउ सक्ने थिएनन्, पाउने थिएनन । तपाईं आफै राम्रोसँग विचार गर्नुहोस्, अहिलेका पार्टी र तिनका माउतेहरुले देशमा किसानहरुको यस्तो प्रतिनिधित्व हुन देलान ? कहिल्यै देलान ? कुनै हालतमा दिने छैनन् । तिनिहरुको सास र ज्यान रहेसम्म दिनेछैनन् । हालसालै पनि पार्टी भन्नेहरुमा ताजा दृष्टान्त देखिएको छ । जसरी काङ्ग्रेसमा देउवाले दिएनन्, त्यसै गरि दिने छैनन् । जसरी केपिले दिएनन्, त्यसैगरि दिनेछैनन् । जसरि प्रचण्डले दिएनन्, त्यसैगरि दिने छैनन । त्यसका लागि देउवा, केपि र प्रचण्डले फरक फरक तरिका अपनाए ।
यहाँ प्रश्न उठेको छ, श्रमजिवि किसानहरु काङ्ग्रेसको गगन र उनको पक्षमा उभिएका महाधिवेशन प्रतिनिधि जस्तो बन्न तयार हुने कि नहुने ? गगनहरुले देउवालाई किनारा लगाएर पार्टी नेतृत्व लिन तब मात्र सम्भव भएको थियो, जब बहुसंख्यक महाधिवेशन प्रतिनिधि सबै त्यो बेला पार्टी सत्ताका मुल शासकले दिएका धाक-धम्कि, दवाव र प्रलोभनलाई लत्याएर हाकाहाकि गगनको पक्षमा खडा भएका थिए ।
के तपाईलाई आफ्नो झोले र चुनावका बेलाको पटके खेतालो बनाउने पार्टीरुपि संस्थाका सबै हर्कतलाई सामना गरेर काङ्ग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधि जस्तै किसानको वर्गहितका पक्षमा उभिन सक्नुहुन्छ ? यदि सक्नुहुन्छ भने आँट गरौँ, शान्तिपुर्ण तरिकाले किसानको मुक्ति हुन्छ कि हुन्न भनेर । जब यस्तो शान्तिपुर्ण बाटो कामयावि हुने छैन, त्यसले क्रान्तिको बाटोनै सहि भन्ने पुष्टि गर्नेछ । क्रान्ति त्यो तरिका हो, जहाँ हातहरु कमि भएभने हातको साथि हतियार लाई पनि बनाईनेछ । धेरै हातको काम हतियार सहितका थोरै हातबाट वलपुर्वक सम्पादन गरिनेछ । त्यसैले म मेरो विवेकले देखेको न्याय र मुक्तिको बाटोमा उभिन्छु । आफ्नो स्वाभिमानलाई देशद्रोहिको अगाडि झुकाएर मैले भोट हाल्दिन ।
प्रतिक्रिया