माओवादी नेता राष्ट्रिय सभा सदस्य जगतबहादुर पार्की विरुद्ध पक्राउ पुर्जी जारि

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख २४ १७:५९ बजे
जगत पार्की

काठमाण्डौ।   तत्कालीन नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य जगतबहादुर पार्की विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बैंकिङ्ग कसुरमा उनीविरुद्ध कैलाली जिल्ला अदालतबाट वारेण्ट जारी भएको हो । 

डडेल्धुराको आलिताल गाउँपालिका–७ का पार्की विरुद्ध धनगढी उपमहानगरपालिका–३ का नरेशबहादुर थापाले गत चैत २ गते जिल्ला अदालतमा बैंकिङ्ग कसुरको मुद्दा दायर गरेका थिए । सो मुद्दाको दर्ता नम्बर ०८२–सि १–०७६९ रहेको छ । 

जिल्ला अदालतले चैत १७ गते सोही मुद्दामा उनी विरुद्ध पक्राउ पुर्जी दिएको हो । तर,उनी हालसम्म पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे । तर,उनी पक्राउ भने परेका छैनन् ।

‘पक्राउ पुर्जी जारी भएको छ तर पक्राउ पर्नुभएको छैन । हामीले अदालतमा मुद्दा बुझाइसकेका छौं ।’ यता,उनीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको बुझिएको छ । स्रोतका अनुसार प्रहरी वृत्त,बानेश्वरबाट खटिएको टोली उनलाई पक्राउ गर्न केही दिनअघि उनको निवास पुगेको थियो । 

उनले भने,‘पक्राउ पुर्जी जारी भएको छ तर पक्राउ पर्नुभएको छैन । हामीले अदालतमा मुद्दा बुझाइसकेका छौं ।’ यता, उनीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको बुझिएको छ । स्रोतका अनुसार प्रहरी वृत्त,बानेश्वरबाट खटिएको टोली उनलाई पक्राउ गर्न केही दिनअघि उनको निवास पुगेको थियो । 

‘उहाँ बस्ने बानेश्वरमै हो । बानेश्वर प्रहरी उहाँलाई पक्राउ गर्न केही दिनअघि निवासमै पुगेको थियो । तर,उहाँ हुनुहुन्नथ्यो’,स्रोतले भन्यो । पार्कीमाथि वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेकोलगायतको आरोप पनि लाग्दै आएको छ । जनआस्था अनलाइन



२०८३ वैशाख २४ १७:५९ बजे

प्रतिक्रिया