१३ जनाले छोडे आहुति नेतृत्वको पार्टी

bimbonline बिम्ब अनलाइन
२०८२ माघ १७ १८:२४ बजे
आहुति

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय तथा सचिवालय सदस्य धनकुमारी सुनारसहित १३ जना नेताहरूले पार्टीसँगको आबद्धता अन्त्य गरेका छन्।

उनीहरूले पुरानो कम्युनिस्ट आन्दोलनको ढाँचाबाट क्रान्तिकारी उद्देश्य हासिल गर्न नसकिने निष्कर्ष निकाल्दै विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको दलबाट अलग भएको जनाएका छन्। पार्टी परित्याग गर्नेहरूमा सुनारका साथै गणेश रसाइली, यशोदा बराल, विक्रम सुनार, तुलसी परियार, प्रया बराल, दीपा राना, हेमा सुनार, संगीता सिंजापति, सुमित्रा खाती, शर्मिला जीआर, कमला जिरी र रीता नेपाल रहेका छन्।

अलग भएका नेताहरूले पार्टी नेतृत्व र मूल संरचनाभित्र आर्थिक पारदर्शिता कायम हुन नसकेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा संगठन सञ्चालनमा निरन्तर अपारदर्शी अभ्यास देखिएकाले सुधारको सम्भावना नदेखेर पार्टी छाड्ने निर्णय लिनुपरेको हो।

उक्त घटनाले पार्टीभित्र देखिएको असन्तुष्टि र संगठनात्मक चुनौतीलाई सार्वजनिक रूपमा उजागर गरेको छ।


२०८२ माघ १७ १८:२४ बजे

प्रतिक्रिया