हात्तीको आक्रमणमा परी कञ्चनपुरमा एक जनाको मृत्यू

हात्तीको आक्रमणमा परी कञ्चनपुरमा एक जनाको मृत्यू

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १२:११ बजे
मृत्यू

 काठमाडौं ।  कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।  शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाकी अन्दाजी १८ वर्षीया मिना जोशीको  ज्यान गएको हो । 

घरमै रहेका बेला हात्तीले आक्रमण गर्दा जोशीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। घरनजिकैको बाँसको झाडीछेउ हात्तीले आक्रमण गरेको उनले बताए।

२०७९ भदौ १४ १२:११ बजे

प्रतिक्रिया