देशभर करिव ३५ सयको मनोनयन दर्ता, वयालिस प्रतिशत भन्दा वढि स्वतन्त्र

bimbonline बिम्ब अनलाइन
२०८२ माघ ८ ०९:३६ बजे

काठमाडौं ।फागुन २१ गतेको   प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ । 

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् । 

राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ छन् । त्यस्तै, एक हजार १८७ जनाले अर्थात करिव १२सय स्वतन्त्र उमेदवारी दिएका छन् । कुल उम्मेदवारको यो ४२ प्रतिशत हुन्छ। यसले पार्टी र नेता प्रति जनताको विश्वास घट्दै गएको देखिन्छ।

त्यस्तै, उमेरगत रूपमा २५ देखि ३५ वर्षसम्म ५८३, ३६ देखि ५० वर्षसम्म एक हजार ६१०, ५१ देखि ६५ वर्षसम्म एक हजार ९० र ६५ देखिमाथि २०१ जनाले उमेदवारी दिएको आयोगले जनाएको छ । 



२०८२ माघ ८ ०९:३६ बजे

प्रतिक्रिया