काठमाडौँ । भारतको हिमालञ्चल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका एकै गाउँका ९ जना नेपालीको मृत्यु भएको छ । हिमालञ्चल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन् । त्यसैगरी ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरण रहेका छन् ।
उनीहरू दुवै परिवार करिब दुई वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए । पुस २७ गते बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विष्फोटपछि भएको आगलागीमा परी उनीहरूको मृत्यु भएको हो ।
उहाँहरुको निधनले वार्ड नै शोकमा डुवेको हुदा भोली पौष २९ गते सिद्धकुमाख गाउँपालिका–२ को वार्ड कार्यालयले वार्डभरीका सरकारी कार्यालय सामुदायिक विधालय सवैमा शोकविदा रहेको जनाएका छन।
.png)
प्रतिक्रिया