काठमाण्डौ। नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताले अमेरिकी अपहरणमा परेका भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोको समर्थनमा काठमाण्डौमा जुलुस निकालेका छन् ।
सो पार्टीको भात्रि संगठन क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज दिउँसो काठमाडौँमा र्यालीसहितको प्रदर्शन गरेका हुन् । सरोजराज गोसाईको नेतृत्वमा रत्नपार्कबाट शुरु भएको र्याली भोटाहिटी,असन,टेउडा,ठहिटी, वाङगेमुढा,ईन्द्रचोक,जुद्ध शालिक,न्युरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभाका वक्ताहरूले समाजवादी देश भेनेजुयलामा भएको साम्राज्यवादी आक्रमण र हस्तक्षेप आफूहरूका लागि स्वीकार्य नभएको बताए । त्यसअघि जुलुसमा राष्ट्रसंघको वडापत्रलाई – सम्मान गर ,मादुरो दम्पतीलाई – तत्काल फिर्ता गर ,मुनरो नीति चाहिँदैन -हस्तक्षेप गर्न पाइँदैन भेनेजुयलाको सार्वभौमिकता – रक्षा गरौं ,ट्रम्प प्रशासन होशियार, जंगली शासन चल्दैन ल्याटिन अमेरिकी देशमा - शान्ति कायम गर अमेरिकी साम्राज्यवाद -मूर्दावाद जस्ता नारा लगाएका थिए ।
प्रतिक्रिया