डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष माथि गरेको दुर्व्यवहारको विरोधमा भोली देखि आकस्मिक सेवा वाहेक अरु सवै सेवा वन्द हुने

ने.क.पा. बहुमतको नाममा केही अराजक ब्यक्तिहरूद्वारा गरिएको दुर्व्यवहार प्रति यस अस्पताल खेद प्रकट तथा घोर भर्त्सना व्यक्त गर्दछ ।

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २३ १९:२० बजे
डडेल्धुरा अस्पताल डडेल्धुरा

डडेल्धुरा।  आज  डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझा लाई नेकपा (वहुमत)का कार्यकर्ताहरुले कालोमोसो लगाएको घटनाको अस्पताल समितिले एक वक्तव्य जारी गरेर  घोर भत्सना गरेको छन। घटनामा सँलग्न व्यक्ति माथि कानुनी कार्वाहिको माग गर्दै कामवाहि नभए सम्मका लागी भोली देखि अस्पतालका आकस्मीक सेवा वाहेक  अन्य सेवा वन्द गरिने वक्तव्यमा जनाएको छन।

वक्तव्यमा भनिएको छ-आज मिति २०८२।०९।२३ गते बुधवार दिउसो १ः३५ बजेको समयमा डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझालाई उहाँको कार्यकक्षमा ने.क.पा. बहुमतको नाममा केही अराजक ब्यक्तिहरूद्वारा गरिएको दुर्व्यवहार प्रति यस अस्पताल खेद प्रकट तथा घोर भर्त्सना व्यक्त गर्दछ ।

यस्ता घटनाले अस्पतालको सेवा प्रवाह तथा अस्पतालमा कार्यरत सवै तहका कर्मचारीहरू र पदाधिकारीहरूको मनोवलमा गिराउने र अस्पतालको सेवा प्रवाहमा थप असर हुने सिवाय अरू केहि उपलब्धि हासिल हुने छैन्, यस्तो बिषम घडीमा उच्च नैतिक मूल्य र मान्यता कायम गर्दै अस्पताल परिवारको पक्षमा उभिन सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गर्दछौं ।

उक्त घटनाको दोषीमाथी यथासिघ्र छानविन गरि कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछौं, साथै भबिष्यमा यस्ता अराजक गतिविधीहरूको पुनरावृत्ति हुन नदिन सम्पूर्ण तहको सरकार, स्थानिय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज लगायत सम्बन्धित सबैमा डडेल्धुरा अस्पताल हार्दिक अपील गर्दछ ।

यस अवस्थामा, दोषीलाई तत्काल कानुनी दायरामा नल्याएसम्म यस घटनाले कमजोर बनाएको कर्मचारीको मनोबललाई मध्यनजर गरि भोली मिति २०८२।०९।२४ गते देखी अस्पतालबाट प्रदान गरिने आकश्मिक सेवा बाहेक अन्य सेवा पूर्ण रूपमा बन्द हुने बेहोरा जानकारी सहित यो प्रेस बिज्ञप्ती जारी गरिन्छ  भनि वक्तव्यमा उल्लेख गरेका छन।

अस्पतालको लेटर प्याड छाप वक्तव्यमा प्रयोग गरिएको भए पनि कुन पदाधिकारी वा व्यक्तिको नाम हस्ताक्षर भन्ने उल्लेख गरीएको छन। केवल डडेल्धुुरा अस्पताल समिति डडेल्धुरा भनिएको छ।प्रेस विज्ञप्ती-

२०८२ पुष २३ १९:२० बजे

प्रतिक्रिया