बुढीगङ्गा नगरको एउटै भवन निर्माण ठेक्कामा तीन करोड २७ लाखको भ्रष्टाचार

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २० १८:५५ बजे

बाजुराको बुढीगङ्गा नगरपालिकाको नगर एउटै भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ। 

अख्तियारका प्रवक्ता सागर न्यौपानेका अनुसार ठेक्कामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियतपूर्वक संशोधन गरिएको, प्रतिस्पर्धा सीमित पारिएको र न्यूनतम कबोल गर्ने निर्माण व्यवसायीलाई अयोग्य बनाई बढी कबोल गर्ने  कम्पनीलाई ठेक्का दिइएको देखिएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो। 

तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित कर्मचारी र ठेकेदार विरुद्ध तीन करोड २७ लाख ७८ हजार रुपियाँ बिगो कायम गर्दै आइतबार(आज) अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन नगर प्रमुख शाह, नगरपालिकाका प्रशासकीय तथा प्राविधिक कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधि विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको माग दाबी गरिएको छ।  



२०८२ पुष २० १८:५५ बजे

प्रतिक्रिया