डडेल्धुरा।सुदूरपश्चिमको कला भाषा र लवजमा प्रस्तुत गरिएको नाटक ब्यानतारो आलिताल गाउँपालिकाका बिभिन्न स्थानहरुमा प्रदर्शन भइरहेको छ। मण्डला थिएटर नेपाल र GIZ को सहकार्य तथा आलिताल गाउँपालिकाको समन्वयमा हिजो देखि नाटक गाउँपालीकाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।
कार्यक्रमको पहिलो दिन हिजो आलिताल गाउँपालिकाको प्राङ्गणमा प्रस्तुत गरिएको थियो । दोस्रो दिन आज आलिताल गाउँपालिका वार्ड न. ८ घुम्ति बजार नजिक रहेको खेलमैदानमा प्रस्तुत गरिएको छ।
कार्यक्रमको अन्तिम दिन भोलि आलिताल गाउँपालिका वडा नं ४ कृष्णकालिका माबि घरेलुमा व्यानतारो नाटकको प्रस्तुति गरिने आयोजकले वताएका छन। खास गरेर आलिताल गाउँपालिका भित्र भोग्नु परेका स्वास्थ्य समस्याहरु, छाउपडी प्रर्था, आत्महत्या,सेवा सुबिधामा असमान पहुच, दलित, अपाङ्गता भएका ब्यक्तिहरुका समस्यामा र जनप्रतिनिधिहरुको भुमिकाका विषयवस्तुहरु समेटिएका छन।
केहि राष्ट्रिय तथा केहि सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुका स्थानिय कलाकारहरु वाट नाटकमा सुदूरको भाषा लय र ढङ्गले अभिनय गरेकोले राम्रो प्रभाव परेको वताइन्छ।नाटक जनचेतना मुलक भएकाले यहाँका बिभिन्न समस्याहरु समाधान गर्नमा ठुलो सहयोग पुग्ने आयोजनाले जनाएका छन।
प्रतिक्रिया