कञ्चनपुर। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुर जिल्ला सचिवालय सदस्य भरतवहादुर ठकुल्ला (आकाश)को आज उपचारका क्रममा निधन भएको छ।
कञ्चनपुरा जिल्ला वेतकोट नगरपालीका वार्ड न. २ वसन्नथलाका भरत यहि पौष ८ गते जाडेपानी वाट आफ्नो घर वसन्नथला फर्किने क्रममा दैजी खण्डमा सडक निर्माणका लागी सडक निर्माण गर्न ठेक्का लिएको ठेकेदारले सडक निर्माणका सामाग्री (ग्राविल) सडक छेउमा नराखि कयौ दिन सम्म विच सडकमा थुपारेर राखेको ग्राविलको ढिक्कोमा मोटरसाइकल ठोक्किएर भरत ठगुल्लाको टाउँको गम्मीर चोट लाग्न गई घटनास्थलमा नै वेहोस भएका थिए।
सडक निर्माणकर्ताले निर्माण सामग्री सडक छेउमा राखेको भए वा सडकमा नै विछ्याएको भए यो घटना हुने थिएन र भरतको ज्यान पनि जाने थिएन। निर्माणकर्ताको गम्भीर लापरवाहिका कारण भरतको ज्यान गएको स्थानियले वताएका छन।
महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा उपचारका लागी लगेकोमा अस्पतालले निसर्ग अस्पताल धनगढीमा रिफर गरेपछि निसर्ग अस्पताल धनगढीमा पनि उपचार हुन नसकेकाले भारतको भोजिपुर राममुर्ति मेडेकल कलेजमा उपचार भए पनि होस खुलेको थिएन। उपचारकै क्रममा आज निधन भएको छ।
अखिल(छैठौ) र एकता समाज वाट राजनिति शुरुवात गरेको ठगुल्ला २०७४ सालमा नेकपा(क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका थिए। पार्टी एकता पछि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुरका जिल्ला सचिवालय सदस्य हुनुहुन्थ्यो।
४५ वर्षकै कलिलो उमेरमा भएको असामहिक निधनले सवै लाई दुःखित तुल्याएको छ। उहाँको परिवारमा आमा श्रीमति तिन छोरी एक छोरा हुनुहुन्छ। आज उहाँको महाकाली नदी भुजेलाघाटमा दाहसँस्कार एव अन्त्यष्टि हुने उहाँका छिमेकी हरि सुवेदीले बिम्व अनलाईन लाई वताएका छन।
यस दुःखत समयमा आफन्तजन, कामरेडहरु, साथीभाई सवैले उहाँ प्रति विभिन्न माध्यम सामाजिक सञ्जाल फोन वाट तथा घरपरिवार भेटेर उहाँ प्रति भावपुर्ण श्रध्दाञ्जली व्यक्तगर्ने क्रम जारी नै रहेको वताइन्छ।
प्रतिक्रिया