पहिरो हटाएपछि दाङ–सल्यान सडक सञ्चालनमा आयो

पहिरो हटाएपछि दाङ–सल्यान सडक सञ्चालनमा आयो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १३ १५:५० बजे
दाङ–सल्यान सडक

 काठमाडौं । पहिरो हटाएपछि दाङ–सल्यान सडक खण्ड खुलेको   सञ्चालनमा आएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा झरेको पहिरो एक्स्काभेटरले अटाएपछी  सडक खण्ड दिउँसोदेखि सञ्चालनमा आएको हो । 

 जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पहिरो पन्छाएसँगै दाङ–सल्यान–रुकुम र पश्चिम रोल्पा चल्ने गाडी चल्न थालेका हुन् ।   

दाङको घोराही–रोल्पाको होलेरी सडक खण्ड भने अझै खुल्न सकेको छैन् ।  शहीद मार्ग अन्तर्गत घोराहीदेखि होलेरी जोड्ने सडक खण्डमा दाङको दुई खोली प्रहरी चौकीभन्दा केही उत्तरतर्फ मोडमा झरेको पहिरो पन्छाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता राजन गौतमले  बताएका छन् ।  

२०७९ भदौ १३ १५:५० बजे

प्रतिक्रिया