बाँकेको कोहलपुरमा पनि डोजर चल्यो

बाँकेको कोहलपुरमा पनि डोजर चल्यो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १३ १५:४३ बजे
कोहलपुरमा पनि डोजर चल्यो

 काठमाडौं ।  बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना  डोजर लगाई हटाउन थालेको छ ।   । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको नेतृत्वमा सोमवार न्युरोड क्षेत्रबाट डोजर लगाएर अतिक्रमित संरचना हटोन सुरु गरिएको हो ।  

न्युरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि कोहलपुर बसपार्क पुग्दा भने अवरोध भएको छ । व्यवसायीहरूले डोजर चालकमाथि ढुङ्गा प्रहार  गरेका छन् ।  विकल्प दिएर मात्रै संरचना हटाउनुपर्ने ल  स्थानियको  माग रहेको छ ।  

मेयर आचार्यले  अभियानमा अवरोध भए पनि काममा सहयोग गर्न नगरवासीसँग आग्रह  गरका छन् ।  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक हिमालय शाहसहितको टोलीको सहयोगमा कोहलपुरमा अतिक्रमित संरचना हटाउने काम थालीएको हो  ।  

२०७९ भदौ १३ १५:४३ बजे

प्रतिक्रिया