आलिताल गाउँपालीकाले गाउँपालिका प्रहरी राख्ने

जेन्जि आन्दोलन पछि थप असुरक्षाको कारण देखाएर प्रहरी राख्ने निर्णय गरेका छन।

bimbonline बिम्ब अनलाइन
२०८२ पुष ८ १७:५३ बजे
आलिताल गाउँपालीकाका अध्यक्ष र उपाध्यक्ष

डडेल्धुरा।आलिताल गाउँपालिकाको आज बसेको गाउँ सभाको बैठकले  आलिताल गाउँपालिकामा गाउँपालीका प्रहरी राख्ने निर्णय बहुमतले पारित गरिएको छ।

आलिताल गाँउपालीकाका वडा नम्बर २ का अध्यक्षले पालिका प्रहरी राख्ने  निर्णय  असमति जनाएका छन। तर  गाउँसभाका बहुमत सदस्यहरुले सो निर्णय  बहुमतले पारित गरिएका हुन। जेन्जि आन्दोलन पछि थप असुरक्षाको कारण देखाएर  आलीताल गाउँपालिकाले प्रहरी राख्ने निर्णय गरेको जानकारी  पालिका अध्यक्ष शेर सिह पार्कीले वताएका छन्।

महानगर\ नगर प्रहरी हाल सम्म राखिने गरेको भए पनि गाँउपालीकाले प्रहरी राखेको यो पहिलो घटना हुन सक्छ। अव वार्ड प्रहरी राख्न मात्र वाकी रहेको देखिन्छ।

नेपालमा नेपाल प्रहरी ,शसत्र प्रहरी ,नगर\महानगर प्रहरी, प्रर्यटक प्रहरी, प्रदेश प्रहरी गरी पाँच प्रकारका प्रहरीहरुको  चलिरहेको भए पनि अव गाँउपालीका प्रहरी थपिएको छ। अव वार्डस्तरको प्रहरी मात्र राख्न वाँकी रहेको देखिन्छ।गाउँपालीकाले प्रहरी राखे पनि जनताको विकास वजेट वाट रकम कटौती गरेर पालीका प्रहरीको सेवा सुविधामा खर्च गर्नुपर्ने हुन्छ। 

२०८२ पुष ८ १७:५३ बजे

प्रतिक्रिया