दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार गए राति ९ः०० बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मार्मा गाउँपालिका-६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जिपका चालक माधव महरा घाइते भएका छन् ।
घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्य चौकी पठाइएको छ । चालकसहित दुई जना मात्र सवार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।रासस
प्रतिक्रिया