कृषि र साना व्यवसायलाई प्राथमिकता दिनुस: गभर्नर डा. विश्वनाथ पौडेल

bimbonline बिम्ब अनलाइन
२०८२ पुष ३ १३:३३ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि तथा साना–मझौला व्यवसायमा लगानी विस्तार नगरी अर्थतन्त्र चलायमान हुन नसक्ने स्पष्ट पारेका छन् । त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले तल्लो तहका उद्यमीलाई लक्षित गरी व्यवहारिक कर्जा नीति र नयाँ कर्जा प्रोडक्ट ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

बैंक तथा वित्तीय संस्था नियमन विभागको आयोजनामा बुधबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिसँग भएको छलफलमा गभर्नर पौडेलले स्थानीय आवश्यकता र हाल बैंकहरूले उपलब्ध गराइरहेका कर्जा प्रोडक्टबीच तालमेल नदेखिएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए ।  कृषि र साना व्यवसायमा लगानी नबढेसम्म उत्पादन, रोजगारी र ग्रामीण अर्थतन्त्र मजबुत बन्न नसक्ने उनको धारणा छ। 

गभर्नर पौडेलले साना उद्यम तथा कृषि कर्जामा लगानी गरेको अर्को महिनादेखि नै किस्ता तिर्नुपर्ने विद्यमान व्यवस्थालाई अव्यावहारिक ठहर गरे । व्यवसायको प्रकृति र उत्पादन सुरु हुने समयलाई आधार मानेर ‘रिपेमेन्ट सेड्युल’ तय गर्ने गरी कर्जा प्रोडक्ट डिजाइन गर्न उनले बैंकहरूलाई सुझाव दिएका छन।


२०८२ पुष ३ १३:३३ बजे

प्रतिक्रिया