नेप्से निरन्तर उकालो , कारोबार रकममा पनि सुधार

नेप्से निरन्तर उकालो , कारोबार रकममा पनि सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३ १५:४२ बजे
नेप्से

काठमाडौं ।  निरन्तर उकालो यात्रामा रहेको सेयर बजार  आज पनि उकालो  लागेको छ ।  कारोबारको  पाँचौ दिन आज बुधबार नेप्से  १६.२० अंकले उकालो लागेको हो ।  आज पनि  नेप्से उकालो लागेसँगै २०४५.६३  विन्दुमा पुगको छ ।

आज नेप्से  बढेसँगै  सेयरबजार अन्य परिसूचकहरू  पनि उकालो लागेका छन् ।  आज सेन्सेटिभ इण्डेक्स २.८० अंकले, फ्लोट १.३४ सेन्सेटिभ फ्लोट इण्डेक्स  १.५८ अकले उकालो लागेको  छ। 

 आज नेप्से उकालो लागेसँगै  कारेबारमा पनि उल्लेख्य वुद्धी भएको छ ।  आज २ अर्ब २९ करोड  ९३ लाख १६  हजार बराबरका  सेयर कित्ता  किनबेच  भएका छन् । 

कारोबारका  आधारमा सबैचन्दा  बढी  शिव्म सिमेन्टको कारेबार  भएको छ ।  त्यस्तै  आज सबै  भन्दा  बढी इमजिंङ को ८.०१ प्रतिशतले उकालो लागेको छ । गण्तापति लद्युवित्त  ७ अंकले उकालो लागेको छ । 

२०७९ साउन ३ १५:४२ बजे

प्रतिक्रिया